Saturday, May 2, 2026
spot_img
spot_img

६७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको खुदनाफा, ३५ करोड लाभांश बाड्न मिल्ने

spot_img
spot_img

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार बैंकको खुद नाफा ६६.९० प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकले ६० करोड ३२ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ३६ करोड १३ लाख मात्रै थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोडबाट बढेर २ अर्ब १२ करोड पुगेको छ । बैंकको संचालन आम्दानी १ अर्ब ७९ करोडबाट बढेर २ अर्ब १८ करोड पुगेको छ भने संचालन मुनाफा ६३ करोड ९१ लाखबाट बढेर ९७ करोड ८४ लाख पुगेको छ । अघिल्लो आवको तुलनामा बैंकको प्रति शेयर आम्दानी ११ रुपैयाँ १ पैसाबाट बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार १ सय ९८ रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा १० रुपैयाँ ९१ पैसा रहेको छ ।

३ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ७५ करोड रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img