Wednesday, July 1, 2026
spot_img

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

spot_img
spot_img

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको ‘ई–ड्राइभ नेपाल’ नेपालगञ्जमा पनि सुरु भएको छ । ट्याक्सी तथा मोटरसाइकल मार्फत राइड सेयरिङ सेवा दिँदै आएको ई–ड्राइभ नेपालले नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले सेवाको शुभारम्भ गरेका हुन् । यससँगै ई–ड्राइभको सेवा बाँके र बर्दियामा सुरु भएको छ । रुपन्देहीमा ११० ट्याक्सी तथा पाँच सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई–ड्राइभले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको हो ।

यसअघि करिब डेढ वर्ष अघि बुटवल र भैरहवा क्षेत्रमा सुरु भएको ई–ड्राइभ अब बाँकेको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको ई–ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए ।

कार्यक्रममा ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले अध्ययनरत र अध्ययन सकेर बसेका युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको जानकारी दिए ।

हाल ई–ड्राइभ लुम्बिनीले सेवामा ७ करोडभन्दा बढी लगानी गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img