Sunday, May 3, 2026
spot_img
spot_img

भिभोको स्मार्टफोन खरिद गर्दा विश्वकप क्रिकेट जर्सी उपहार

spot_img
spot_img

विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले  विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको जनाएको छ।

यस योजना अन्तर्गत, भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराज मार्फत यही माघ २७ गते सम्म रु. ३५,००० भन्दा माथिको जुनकुनै भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी उपहार स्वरुप प्राप्त गर्नेछन्। यो अफर भिभो वाई ४००, भिभो भि६० लाईट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रोमा लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ता अफरका अतिरिक्त, भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ, जहाँ फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिहरूमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन्।

“नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो एउटा साझा राष्ट्रिय भावना हो,” भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने । “यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, उनीहरूलाई भिभाकोे नवीन विशेषतासँगै राष्ट्रिय रङ्ग (जर्सी) गर्वका साथ लगाउने अवसर दिन चाहन्छौं ।”

यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्नुका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकीबद्धता जनाउने मौका समेत दिएको कम्पनीले उल्लेख गरेको छ । यो अभियान नेपाली क्रिकेटप्रति भिभोकोे दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको कम्पनीले जनाएको छ।

नेपाल प्रिमियर लिग देखि विश्वकपसम्म, भिभोले सधैं क्रिकेट समुदायसँगै उभिँदै फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको उल्लेख गरेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img