Monday, May 4, 2026
spot_img
spot_img

सानिमा बैंकका नव नियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

spot_img
spot_img

सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन् । गत कार्तिक २४ गते बैंकको सञ्चालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेकोमा आज माघ १२ गतेबाट पदभार ग्रहण गरेका हुन् । उनी चार वर्षको लागि सीइओ नियुक्त भएका हुन् ।

 आचार्यले विगत २१ वर्षदेखि सानिमा बैंकमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनी यस अघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) को रूपमा कार्यरत थिए। यस अवधिमा उनले बैंकका १० भन्दा बढी विभाग तथा शाखाको नेतृत्व सम्हालिसकेका छन्।

उनले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। शैक्षिक यात्रामा उनले आदर्श विद्या मन्दिर हाई स्कूलबाट एसएलसी परीक्षामा तेस्रो स्थान हासिल गरेका थिए।

बैंकिङ क्षेत्रमा उनको मुख्य विशेषज्ञता क्रेडिट मूल्यांकन, डिजिटलाइजेसन तथा प्रोजेक्ट फाइनान्सिङमा रहेको छ। यसबाहेक, उनी सानिमा क्यापिटलको अध्यक्ष समेत रहिसकेका छन्। बैंकिङ करियरअघि उनले इन्जिनियरको रूपमा ४ वर्षभन्दा बढी तथा भिजिटिङ फ्याकल्टीको रूपमा ५ वर्ष काम गरेका थिए।

उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच तथा लामो बैंकिङ अनुभवका आधारमा बैंकले उनको नेतृत्वमा संस्थागत सफलता हासिल गर्दै थप प्रतिष्ठा बढाउने विश्वास बैंकले व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...
spot_img