Monday, July 27, 2026
spot_img

गोल्यान ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ

spot_img

जेनजी आन्दोलनका शहीदका सन्तानको लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाको अवसरमा काठमाडौं, पोखरा र सिराहा (लहान)मा उनीहरुले शैक्षिक यात्राको पहिलो पाइला सुरु गरेका हुन् ।

गोल्यान ग्रुपले असोज २४ मा शहीद भएका परिवारका बालबालिकाको लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ जना बालबालिका आवद्ध छन् । तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले शुक्रबार अक्षरारम्भ गरेका हुन् ।

काठमाडौंको बानियाटारस्थित काठमाडौं यूरो स्कुलमा नेल्शन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकाडेमीमा एनिक गुरुङ र सिराहाको लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । तीनै बालबालिका २ वर्षका छन् ।

काठमाडौं यूरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताए । ‘हाम्रो सहयोग दया वा उपहार होइन, जिम्मेवारी हो । हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रुपमा साथ दिन चाहन्छौं,’ उनले भने, ‘बालिबालिकाहरु पढेर डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी जे बन्न चाहन्छन, त्यो बन्न सकुन् । उनीहरुको सफलताले परिवारमात्र होइन, देशलाई बलियो बनाउनेछ ।’

शिक्षाले आत्मविश्वास, अवसर र भविष्यको बाटो देखाउने उल्लेख गर्दै उनले आज अक्षर चिन्ने नानीबाबुहरु भोलि देश बनाउने नागरिक बन्न सक्ने बताए ।

अक्षरारम्भ समारोहमा अध्यक्ष तथा प्रवन्ध निर्देशक गोल्यानले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् । गोल्यान ग्रुपकी कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड जनसम्पर्क प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारको दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्यान ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सम्झौताअनुसार बिल–भरपाइँ पठाएका विद्यालयहरुलाई शुल्क भुक्तानी पनि भइसकेको छ,’ उनले भनिन्, ‘हामीले प्रतिवद्धताअनुसार शैक्षिकवृत्ति कार्यक्रमलाई कार्यान्वयन गरिरहेका छौं ।’

काठमाडौं यूरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले जेनजी आन्दोलनका सहिदका बालबालिकाहरुको शिक्षाको जिम्मेवारी बहन गरेर गोल्यान ग्रुपले‍ समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी अझ फराकिलो बनाएको बताए । ‘शिक्षा नै सबैभन्दा ठूलो धन हो भन्ने भनाइलाई गोल्यान ग्रुपको परोपकारी मनले आत्मसाथ गरेको छ,’ उनले भने, ‘सहिदहरुको सपना पूरा गर्न हामीले पनि आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक बहन गर्नेछौं ।’

पोखरामा आयोजित अक्षरारम्भ समारोहमा अर्ली चाइल्डहुड एकाडेमीका प्रिन्सिपल सालभी बास्तोला मसानीले सहिदका सन्तानको लागि गोल्यान ग्रुपले गरेको सहयोगले विद्यालय परिवारलाई पनि थप जिम्मेवार महसुस गराएको बताइन् । ‘गोल्यान ग्रुपले सामाजिक क्षेत्रमा गरेको सहयोगबारे हामीले सुनिरहेका थियौं, आज सहिदका बालबालिकालाई पढाउन हाम्रै विद्यालयसँग सहकार्य हुँदा निकै खुसी बनाएको छ,’ उनले भनिन्, ‘अब हामी सबैको सहकार्यबाट बालबालिकाको भविष्य उज्यालो बनाउनुपर्ने अवसर र जिम्मेवारी आएको छ ।’

लहानको स्कुल अफ स्कलरमा विवांशीलाई भर्ना गरेपछि उनका ठूलो बुवा अजय चौधरीले भाइ (सहिद विजय) ले छोडेर गएको सपना पूरा हुने विश्वास व्यक्त गरे । उनले गोल्यान ग्रुपप्रति आभार व्यक्त गर्दै भने, ‘सबै धनीहरु गोल्याण ग्रुपजस्तै मनकारी हुँदैनन्, गोल्याणले भने खुला दिलले सहयोग र सहकार्यको हात अघि बढाएको छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img