Saturday, July 11, 2026
spot_img

बुद्ध एयरद्वारा जहाज दुर्घटनाका बेला सहयोग गर्ने यात्रुलाई १ लाखसहित सम्मान

spot_img

बुद्ध एयरले २ जनवरी (पौष १८ गते) भद्रपुरमा भएको जहाज दुर्घटनाका बेला सहयोग गर्ने यात्रु उमेश मोक्तान तामाङलाई सम्मान गरेको छ । कम्पनीले काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज अवतरणका क्रममा दुर्घटनामा पर्दा सोही विमानका यात्रु उमेश मोक्तान तामाङले देखाएको सहयोग र साहसप्रति आभारी व्यक्त गर्दै १ लाख नगदसहित सम्मान गरेको हो ।

‘उहाँले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न पुर्‍याउनुभएको महत्वपूर्ण भूमिकाको उच्च कदर गर्दै आज भद्रपुरमा उहाँलाई रु. १ लाख नगद पुरस्कारसहित सम्मान गरिएको छ’ बुद्ध एयरले भनेको छ ।

संकटको घडीमा यात्रु मोक्तानले देखाएको तत्परता सबैका लागि प्रेरणाको स्रोत भएको पनि बुद्ध एयरले बताएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img