Monday, June 22, 2026
spot_img

चन्द्र ढकाल र अन्जन श्रेष्ठबीच दूरी बढाइरहेको ७ सदस्य ‘फ्याक्टर’

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको चैतमा चुनावी साधारणसभा हुँदैछ । त्यसपछि हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष बन्दैछन् भने चन्द्र ढकाल अध्यक्षको कार्यकाल सकेर बिदा हुँदैछन् । तर, कार्यकाल अवधिभर ढकाल र श्रेष्ठबीच सम्बन्ध सुमधूर बन्न सकेन ।

गत साधारणसभा पश्चात निर्वाचनका बेलाको ‘इगो’ मत्थर हुने अनुमान थियो । तर, कोषाध्यक्ष चयन प्रक्रियामा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच प्रतिष्ठाको लडाई भयो । ढकालले निरक केसी र श्रेष्ठले प्रबलजंग पाण्डेलाई उम्मेदवार बनाए । यतिसम्म की, कोषाध्यक्षको निर्वाचन नै पटकपटक सारियो ।

यहाँ एउटा रोचक कुरा स्मरण गर्नु उपर्युक्त हुन्छ । २०८० बैशाख पहिलो साता ढकाल नेतृत्वको महासंघको कार्यकारिणी समितिको पहिलो बैठक थियो । सोही बैठकले कोषाध्यक्ष छान्ने तय भएको थियो । तर, सहमतिका लागि भनेर कोषाध्यक्षको निर्वाचन समय भोलिपल्ट बिहान ९ बजे सम्मका लागि सारियो । त्यो दिन पनि सहमति नभएपछि निर्वाचन प्रक्रिया अघि बढ्नुपर्नेमा फेरि प्रक्रिया स्थगित गरियो । त्यो पनि अनिश्चितकालका लागि भनेर । त्यसै दिन बिहान ११ बजे महासंघको नवनिर्वाचित टोली अर्थमन्त्री (तत्कालिन अर्थमन्त्री प्रकाशरण महत)लाई भेट्न जाने तय भएको थियो । कोषाध्यक्ष बिना नै महासंघको टोली अर्थमन्त्रीलाई भेट्न पुग्यो ।

मन्त्रालयको ढोकामै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘कोषाध्यक्षको चुनाव कहिले गराउनु हुन्छ ?’ भनेर अध्यक्ष ढकाललाई सोधिहाले । ढकालले ‘हुन्छ, भइहाल्छ नि’ भनेर जवाफ फर्काउन नपाउँदै श्रेष्ठले फेरि ‘कि चुनाव नै नगराउने नियत हो तपाईको ?’ भन्ने आशयले अर्को प्रश्न तेर्स्याए । अर्थमन्त्री सँगको भेट सकेर फर्किदा पनि पार्किङमा उनीहरुबीच भनाभनकै स्थिति पैदा भएको थियो । अन्ततः निर्वाचनमा ढकाल समर्थित केसी कोषाध्यक्षमा विजयी भए ।

विवादको नयाँ विषयः मनोनित सदस्यको प्रावधान

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बीचको विवादको श्रृङ्खला हालै भियतनाममा बसेको महासंघको केन्द्रीय समिति बैठकसम्म पनि कायम रह्यो । बैठकमा सहभागी स्रोतका अुनसार भियतनाममा पनि उनीहरुबीच बैठकमै विवाद भयो ।

तर, यसपटकको विवाद भने विगतको पृष्ठभूमीभन्दा पनि आगामी कार्यकाल कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा केन्द्रित रहेको स्रोत बताउँछ । संशोधित विधान अनुसार अध्यक्षले ७ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने प्रावधान छ । तर, यी ७ जना वरिष्ठ उपाध्यक्षको निर्वाचन पछि मनोनित गर्ने कि वरिष्ठ उपाध्यक्षको निर्वाचन अगाडी नै मनोनित गर्ने भन्नेमा ढकाल र श्रेष्ठबीच विवाद रहेको स्रोत बताउँछ ।

‘अन्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षको निर्वाचनभन्दा पहिला नै आफूले अध्यक्षका रुपमा मनोनित गर्न पाउने ७ जनालाई मनोनित गर्न चाहेका छन् । तर, चन्द्र ढकाल रोक्ने प्रयाशमा हुनुहुन्छ’ स्रोत भन्छ, ‘अन्जनको चाहना चाहिँ मनोनित सदस्यलाई पनि वरिष्ठ उपाध्यक्ष चयनको प्रक्रियामा सहभागी गराउने भन्ने छ ।’

उता, ढकाल भने निर्वाचित केन्द्रीय सदस्यलाई मात्रै वरिष्ठ उपाध्यक्ष चयन प्रक्रियामा सहभागी गराउनुपर्ने भन्दै अन्जनलाई रोक्न खोजिरहेका छन् । यदि ७ जना मनोनित केन्द्रीय सदस्यसमेत वरिष्ठ उपाध्यक्ष चयनको मतदान प्रक्रियामा सहभागी भए आफूले समर्थन गरेको व्यक्तिलाई चुनाव जिताउन नसकिने भएकाले ढकालले वरिष्ठ उपाध्यक्षको निर्वाचन पश्चात मात्रै सदस्यहरु मनोनित गर्न मिल्ने बताइरहेको स्रोतको भनाइ छ ।

‘अन्जन श्रेष्ठले मनोनित गर्ने ७ जनाले त अन्जनले समर्थन गर्ने व्यक्तिलाई वरिष्ठ उपाध्यक्षमा भोट हाल्ने भए । ७ भोट भनेको निकै ठूलो मत हो’ स्रोत भन्छ, ‘अहिले उहाँहरु बीचको मुख्य विवाद नै यहीँ हो । तर, नयाँ अध्यक्षले आफ्नो अनुकुल हुनेगरी चलाउन पाउनुपर्छ । निवर्तमान अध्यक्षले कार्यकारी जिम्मेवारीमा हस्तक्षेप नगरेकै राम्रो हुन्छ ।’

विधानमा के छ ?

महासंघको संशोधित विधान (सातौ संशोधन, २०८१ फागुन ५ गते नेपाल सरकारबाट स्वीकृत) मा अध्यक्षले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सक्ने प्रावधान छ । विधानको दफा २९ को उपदफा २९.२ को खण्ड च.१० मा अध्यक्षले २ महिलासहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सक्ने प्रावधान छ । ‘अध्यक्षद्वारा मनोनित सबै सदस्य समूहको प्रतिनिधित्व हुने गरी दुइ जना महिलासहित सात जना सदस्य’ विधानमा भनिएको छ ।

ढकालले क–कसलाई गरेका थिए मनोनित ?

अध्यक्ष ढकालले आफ्नो कार्यकालमा राजकुमार न्यौपाने, सरस्वती राई, कलम कुमार श्रेष्ठलाई मनोनित गरेका थिए । त्यसअघि भरत आचार्य र डिबी बस्नेतलाई मनोनित गरेका उनले कृष्ण दुलाललाई पनि सदस्य मनोनित गरेका थिए ।

ढकालले केन्द्रीय सदस्यमा मनोनित गरेका आचार्य हाल महासंघको कोषाध्यक्ष छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...
spot_img