चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८२ साउन देखि २०८२ मङ्सिरसम्मको अवधिमा निर्जीवन कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । यसमा निर्जीवन लघुबीमा कम्पनीहरुको तथ्यांक संलग्न छैन ।
यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा धेरै २ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ। त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख बीमा शुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोडको बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड बीमाशुल्क संकलन गरेको छ भने एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड बीमाशुल्क संकलन गरेको छ।
यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम अर्थात् ४९ करोड ३० लाखको बीमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेसले ६० करोड ६८ लाख बीमाशुल्क संकलन गरेको छ। त्यस्तै प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख बीमाशुल्क संकलन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड बीमाशुल्क संकलन गरेको छ ।
हेर्नुस् कुन बीमा कम्पनीको बीमाशुल्क संकलन कति ?














