Tuesday, May 5, 2026
spot_img
spot_img

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्न राष्ट्र बैंकले बोलायो दोस्रो वैकल्पिक उम्मेदवार

spot_img
spot_img

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको सदस्य पदमा राष्ट्र बैंकले दोस्रो वैकल्पिक उम्मेदवारलाई बोलाएको छ। मुख्य उम्मेदवारले छोडेपछि राष्ट्र बैंकले पहिलो वैकल्पिक उम्मेदवारलाई बोलाएको थियो, तर पहिलो वैकल्पिक उम्मेदवार पनि नआएपछि राष्ट्र बैंकले दोस्रो वैकल्पिक उम्मेदवारलाई बोलाएको हो  ।

राष्ट्र बैंकले दोस्रो वैकल्पिक उम्मेदवारको रुपमा रहेका प्रकाश घिमिरेलाई पुस ८ गतेसम्ममा सम्पर्क राख्न भनेको हो। राष्ट्र बैंकले उनलाई पुस ८ गते भित्र राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भनेको छ।

यस अघि राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनको जिम्मा राजेन्द्र प्रसाद तिम्सिनालाई दिएको थियो। तर उनले छोडे पछि राष्ट्र बैंकले वैकल्पिकको पहिलो नम्बरमा रहेका राम प्रताप यादवलाई बोलाएको थियो । यादवले पनि छोडेपछि राष्ट्र बैंकले वैकल्पिकतर्फा दोस्रो नम्बरमा रहेका प्रकाश घिमिरेलाई बोलाएको हो ।

यस कार्यको लागि राष्ट्र बैंकले नियमानुसारको कर सहित रु.१,०३,६०० रुपैयाँ मासिक पारिश्रमिक प्रदान गर्ने छ। दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिन सम्म प्रदान गर्नेछ। सो बाहेक अन्य कुनै प्रकारको भत्ता तथा सुविधा राष्ट्र बैंकले दिने छैन।

उम्मेदवारले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको रामशाहपथ स्थित कार्यालयमा काम गर्नु पर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img