Friday, June 26, 2026
spot_img

सिबिफिनले भन्यो ‘ज्योति विकास बैंकका कर्मचारीमाथि लज्जास्पद एवं घृणित आक्रमण भयो’

spot_img
spot_img

ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको लज्जास्पद एवं घृणित आक्रमणको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ । सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिसंघले दोषीलाई कडा कारवाहीको माग गरेको छ।

सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरु प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समुचित समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले निज कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिन घोर भत्र्सना गर्दछ । यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति सिबिफिनले कडा आपत्ति प्रकट गरेको हो।

निहीत स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष परिसंघले जोडदार माग गरेको छ।

परिसंघले भनेको छ ‘जेनजी आन्दोलन र सोपश्चात् सृजित असामान्य परिस्थितिलाई सहजीकरण गर्दै शान्ति सुरक्षा एवं सुशासनको प्रवद्र्धनसहित आर्थिक एवं बैंकिङ क्रियाकलापलाई तीव्रता दिँदै पुनर्निर्माण एवं नवनिर्माणमा नेपाल सरकार दत्तचित्त भएर लागिरहेकै बखत अर्थतन्त्रको आधारस्तम्भको रुपमा रही सोहीबमोजिमका कर्तव्य र जिम्मेवारीहरुलाई गहनपूर्वक निर्वाह गरिरहेका बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत कर्मचारीहरुमाथि गरिएको यस्तो निकृष्ट आक्रमण कर्मचारी र बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमण भएको हामीले ठानेका छौँ ।’

लाखौँलाख ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, अफवाह फैलाउने, आम जनतामा भ्रम सृजना गर्ने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्यपालनमा असुरक्षित एवं असमर्थ बनाउनेलगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरुले प्रश्रय पाइरहेकोप्रति नेपाल सरकार तथा मातहतका निकायहरुको परिसंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाईसमक्ष समेत उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्नेतर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरुमा परिसंघले अनुरोध गरेको छ  । साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाध रुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश, स्थानीय सरकार, र गृह मन्त्रालयसहित जिम्मेवार सम्पूर्ण निकायहरुसमक्ष परिसंघले अपीलसमेत गर्दछौँ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img