Tuesday, May 5, 2026
spot_img
spot_img

बैंकहरुको लागि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र नै शेयरबजार हो : डेपुटी गभर्नर मिश्र

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकहरुको लागि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र नै शेयरबजार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डले आजबाट सुरु गरेको विश्व लगानीकर्ता सप्ताह २०२५ को उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘मैले यो भन्न मिल्छ कि मिल्दैन थाहा छैन, तर बैंकहरुको लागि लगानीको सुरक्षित क्षेत्र नै शेयरबजार हो’। १८० दिनको औसत निकालिने, घट्यो भने मार्जिन कल गर्न सकिने, हरेक दिनको मूल्यको उतारचढाव नेप्सेको वेबसाइटमार्फत हेर्न सकिने भएकोले शेयरबजार नै बैंकको लागि सुरक्षित लगानीको क्षेत्र हुने बताए। यद्यपि बुल बनाको बनाई गरेको अवस्थामा बबल क्रिएट हुने भएकोले राष्ट्र बैंकले समय समयमा नियन्त्रण गर्ने उनले प्रष्ट पारे।

उनले नेपाल राष्ट्र बैंक सधै लगानीकर्ताको साथमा रहेको उल्लेख गरे। उनले बैंकहरुलाई लगानी बढाउँनको लागि मौद्रिक नीतिको समीक्षा मार्फत सबै ठाउँ खुला गर्दै लागिएको बताए।

डेपुटी गभर्नर मिश्रले सबै नेपालीलाई शेयरबजार, बैंकिंग, सहकारी र बीमाबारे सचेतना दिन आवश्यक रहेको उल्लेख गरे। उनले वान एक्स बेट, क्रिप्टो जस्ता प्लेटफर्महरु नेपालको कानून अनुसार गैर कानूनी नै रहेकोले त्यसमा लगानी र कारोबार नगर्न उनले आग्रह गरे । यसबाट धेरै जनाको परिवार नै उजाड भएको गुनासो राष्ट्र बैंकमा आउने गरेको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...
spot_img