Saturday, June 27, 2026
spot_img

सागर डिस्टिलरीमा लगातार १९ औं सर्किट, शेयर मूल्य २ हजार नजिक

spot_img
spot_img

सागर डिस्टिलरी लिमिटेडको शेयर मूल्य २ हजार रुपैयाँ नजिक पुगेको छ । आज बुधबार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेसंगै कम्पनीको शेयर मूल्य १९५१.८० रुपैयाँ पुगेको छ।

आज सहित कम्पनीको शेयर मूल्यमा १९ औ पटक पोजेटिभ सर्किट लागेको हो। कारोबारमा आएदेखि कम्पनीको शेयरमा हरेक दिन पोजेटिभ सर्किट लाग्दै आएको छ।

कार्तिक २३ गते  कम्पनीको पहिलो कारोबार ३१९.५ रुपैयाँमा भएको थियो।  सोहि दिन देखि कम्पनीको शेयरमा आजसम्म निरन्तर सर्किट लागेको हो। यस हिसाबमा कम्पनीको शेयरमा लगातार १९ औं सर्किट लागेको छ।

नेप्सेमा कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत छ । कम्पनीले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आम सर्वसाधारणलाई  ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो।

यो कम्पनी वि.सं. २०६९ सालमा यो कम्पनी स्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरिरहेको छ ।

कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img