Monday, August 10, 2026
spot_img

५४.६१ प्रतिशतले घट्यो हिमालयन डिस्टिलरीको खुदनाफा

spot_img

हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ५४.६१ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १९ करोड ८८ लाख खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २७.६४ प्रतिशतले घटेर १ अर्ब ७ करोडमा सिमित भएको छ। कम्पनीको संचालन नाफा ५२.४७ प्रतिशतले घटेर १२  करोड ५७ लाखमा सिमित भएको छ । बिक्री आम्दानी घट्दा कम्पनीको नाफा घटेको देखिन्छ।

३ अर्ब ७ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ११.७५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३८.४० रुपैयाँ रहेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img