Thursday, June 25, 2026
spot_img

कोपा अमेरिकाको उपाधी अर्जेन्टिनाले जित्यो

spot_img
spot_img

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएको हो ।

अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रुपासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।

६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सी चोटका कारण मैदान बाहिरिनु परेको थियो ।

१९९४ पश्चात कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले ३ वर्षको अवधिमा लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो ।

यसैबीच, आजको खेलमा गोल गर्ने लौतारो मार्टीनेज प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img