Monday, August 10, 2026
spot_img

पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले कमायो ५०.१५ करोड नाफा, कुन-कुन सूचकमा सुधार?

spot_img

नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा बैंकको खुद नाफा घटे पनि विभिन्न सूचकमा भने सुधार देखिएको छ।

समीक्षा अवधिमा बैंकको कुल गैर ब्याज आम्दानी २९.३७ प्रतिशतले बढेर ४७ करोड ६० लाख पुगेको छ  । बैंकको संचालन आम्दानी ४.४० प्रतिशतले बढेर १ अर्ब ७६ करोड ४० लाख पुगेको छ। बैंकको कुल सम्पति १८.७७ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब पुगेको छ। बैंकको ग्रस एनपीए घटेर ३.०१ प्रतिशत कायम भएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा बैंकको यस्तो एनपीए ३.३५ प्रतिशत थियो।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले बैंकले ५० करोड १५ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ८१ करोड ४६ लाख थियो। बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै वढीमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३४ करोड रहेको थियो। बैंकको कुल संचालन आम्दानी १ अर्ब ४७ करोड रहेको छ भने संचालन मुनाफा ७१ करोड ५७ लाख रहेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा २१.५५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ३.०१ प्रतिशत रहेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९३ रुपैयाँ १६ पैसा रहेको छ। १० अर्ब ८९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ६४ करोड रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img