Monday, July 6, 2026
spot_img

धितोपत्र बोर्डका अध्यक्ष विरुद्द अख्तियारमा उजुरी गर्दै इप्पान, १०८ अर्ब क्षतिपूर्ति मागिने

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ विरुद्द अख्तियारमा उजुरी गर्नको पत्र तयार पारेको छ । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नगर्दा उर्जा उद्यमीहरुलाई अर्वौँको क्षति भएको भन्दै इप्पानले बोर्ड अध्यक्ष विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न लागेको हो।

सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाई गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपुर्ति माग्दै इप्पानले अख्तियारमा उजुरी गर्ने तयारी गरेको हो। इप्पानले यस अघि नै बोर्ड अध्यक्ष विरुद्द अख्तियारमा उजुरी दिने सार्वजनिक घोषणा गरिसकेको थियो।

इप्पान स्रोतका अनुसार उजुरी पत्र तयार भएको छ , तर कहिले उजुरी दिन जाने भन्ने यकिन भईसकेको छ। इप्पान अध्यक्ष गणेश कार्की दुई दिन अघि मात्र चीनबाट फर्किएका छन् । अब छिट्टै यसबारे छलफल गरेर अख्तियारमा उजुरी गरिने इप्पानका एक पदाधिकारीको भनाई छ।

इप्पानले यथाशिघ्र सेयर निष्काशनका लागि अनुमति दिन माग गर्दै नेपाल सरकारको प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको  अन्तिम पटक  ध्यानाकर्षण गराउने तयारी पनि गरेको छ। त्यसपछि प्रधानमन्त्री लगायतबाट आउने जवाफमा अघि बढ्ने इप्पानको तयारी छ । सकारात्मक जवाफ नआएमा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नै बन्द गरेर ‘ब्ल्याक आउट’ गर्नेसम्मको आन्दोलनबारे इप्पान भित्र छलफल भइरहेको बताईएको छ। साथै कानूनमा समेत व्यवस्था नभएको रियल नेटवर्थलाई देखाएर आईपीओ आवेदनबाट हटाइएका कम्पनीले धितोपत्र बोर्डका अध्यक्षविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

त्यसो त् धितोपत्र बोर्ड कै कर्मचारी पनि अहिले बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गर्दै आन्दोलनमा छन् । इप्पानका पदाधिकारीहरुले पनि बारम्बार बोर्ड अध्यक्षको राजीनामा माग गरिसकेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img