Sunday, June 28, 2026
spot_img

नागरिक लगानी कोषको साधारणसभा आज, यस्ता छन् ५ प्रस्ताव

spot_img
spot_img

नागरिक लगानी कोषले आज २०८१ असार ३१ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारणसभा गर्दै छ । कम्पनीले आर्थिक्व वर्ष २०७९/८० को साधारणसभा गर्न लागेको हो।

साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव हुने छन् । कम्पनीले आर्थिक्व वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने।

(३) कोषको आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित १४ (चौध) प्रतिशत बोनस शेयर र ०.७३६८ (शून्य दशमलव सात तीन छ आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

(४) साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने।

(५) विविध ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...
spot_img