Monday, July 6, 2026
spot_img

सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति: मन्त्री घिसिङ

spot_img

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति रहेको बताएका छन्  । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

उनले वायु उर्जामा नीजि लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति रहेको बताए ।

त्यस्तै उनले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए । मन्त्री घिसिङले विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे ।

‘अहिले मुख्य रुपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारत तथा बंगलादेशतर्फ निर्यात त गरिरहेका छौं तर हाम्रो प्राथमिकता विद्युत देशभित्रै खपत बढाउने हो, यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्याँसलाई विद्युतीय चुलोले प्रतिस्थापना लगायतका काम गरी विद्युत् माग बृद्धि गर्न सकिन्छ,’ उनले भने । ‘ऊर्जा दक्षता, ऊर्जा, रुपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएका छौं ।’

वैकल्पिक ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा रुपान्तरणमा विभिन्न दातृ निकायहरुले गरेको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्य क्षेत्र विस्तार गरिने बताए  ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको ठूलो योगदान रहेको उल्लेख गरे ।

नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जाको विकास, जीविकोपार्जन सुधार, न्यून कार्वन उत्सर्न ऊर्जा रुपान्तरणलगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...
spot_img