Wednesday, August 26, 2026
spot_img
spot_img

नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को लागि पुन: ठेक्का आह्वान

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हालको नेप्से अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट र मेन्टेनेन्सको लागि पुन: ठेक्का आह्वान गरेको छ। यस अघि अगस्त १ मा आह्वान गरिएको ठेक्का रद्द भएपछि फेरि ठेक्का आह्वान भएको हो ।

नेप्सेले परामर्श सेवा अन्तर्गत अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को लागि  योग्य तथा इच्छुक कम्पनीहरुसंग आज आशयपत्र माग गरेको हो।

नेप्सेले नोभेम्बर १४ तारिखको दिउँसो १२ बजेसम्ममा आशयपत्र पेश गर्न भनेको छ। कम्पनीका मुख्य एक्स्पर्टको योग्यता, कम्पनीको अनुभव र कम्पनीको क्षमाताको आधारमा आशयपत्रको मुल्यांकन हुने छ। जसमा कम्पनीका मुख्य एक्स्पर्टको योग्यतालाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ५० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकभार दिईने छ। आशयपत्र छनौट हुनको लागि कम्तिमा ६० प्रतिशत अंक ल्याउनु पर्ने छ ।

आशयपत्र छनौट भएका मध्ये उत्कृष्ट ६ कम्पनीसंग नेप्सेले प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। ति मध्येबाट नेप्सेले एउटा कम्पनीलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को जिम्मा दिने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...