Monday, April 20, 2026
spot_img
spot_img

असोजमा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व संकलन

spot_img
spot_img

सरकारले असोज महिनामा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । असोजमा देशभरमा भएको घरजग्गा कारोबारबाट देशैभरका मालपोत तथा नापी कार्यालयले २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व संकलन गरेका हुन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत असोजमा सेवा करबापत २१ करोड ३० लाख ७५ हजार २६०, रजिष्ट्रेशन शुल्कबापत १ अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५, पूँजीगत लाभकरबापत १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ संकलन भएको छ ।

विभागका अनुसार असोजमा २३ हजार ३५३ वटा लिखत पारित भएको छ । २ हजार ४४२ वटा नामसारी, २३ हजार ९१४ रोक्का, १७ हजार ९३० फुकुवा भएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा क्षति पुगेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img