Thursday, March 5, 2026
spot_img

आज काग तिहार मनाइँदै, दुलालले गरे काग सम्मेलन

spot_img
spot_img

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।

काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरेका थिए। आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए । दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्छन्। उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कटारीमा सुरक्षाकर्मीले बोकेको गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मत खसिसकेको...

प्रधानमन्त्रीले गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । काठमाडौँको धापासीस्थित निमावि,...

संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी

संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ ।...

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...
spot_img