सानिमा बैंकको ठूला शेयरधनीमा मनोकामना क्यापिटल इन्भेस्टमेन्ट प्रा. लि. भित्रिएको छ। बैंकको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीमा मनोकामना क्यापिटल पनि भित्रिएको हो ।
बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा अरुण कुमार ओझा छन्, बैंकमा उनको ७.९४ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै टेकराज निरौलाको ६.३९ प्रतिशत स्वामित्व रहेको छ।
बैंकमा जिवनाथ लामिछानेले भने स्वामित्व घटाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनको स्वामित्व ५.४४ प्रतिशत रहेकोमा आर्थिक वर्ष ८१/८२ मा उनको स्वामित्व घटेर ५.३२ प्रतिशत मात्र कायम भएको छ।
बैंकमा सन् नेपाल लाइफ इन्स्योरेन्सको ४.५० प्रतिशत तथा कर्मचारी संचय कोषको ४.२८ प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकमा विनय कुमार श्रेष्ठको स्वामित्व ४.२७ प्रतिशतबाट घटेर ४.२३ प्रतिशत पुगेको छ। खेमराज लामिछानेले पनि आफ्नो स्वामित्व ३.४७ प्रतिशतबाट घटाएर ३.४४ प्रतिशत कायम गरेका छन् ।
यी हुन् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनी










