बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेको छ । रोशी खोला र अन्य स्थानमा पहिरो खस्दा डाइभर्सन समेत बगाएको छ । कयौ स्थानमा सडक नै भासिएको छ ।
सुनकोशी गाउँपालिका वडा नम्बर १ नेपालथोक नजिकै राजमार्गको अस्थायी ड्राइभर्सन पूर्ण रुपमा क्षति हुँदा पैदल ड्नि समेत सक्ने अवस्था नरहेको स्थानीय होटल व्यवसायी राज मैनालीले जानकारी दिएका छन् ।
यस्तै, काभ्रे जिल्लामा पर्ने सडक खण्डमा पनि विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।
गत वर्षको असोजमा आएको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनेको थियो । अस्थायी डाइभर्सन बनाएर सञ्चालन गरिएको भएपनि यसवर्ष फेरी बाढीले क्षति पु¥याएको हो ।