Friday, June 19, 2026
spot_img

दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने, भाडा पनि नबढ्ने

spot_img
spot_img

दशैँका लागि यसवर्ष गाडीको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच छलफलमा ‘यो मितिबाट टिकट बुकिङ सुरु गर्ने’ भन्ने निर्णय नगर्ने सहमति भएको हो ।

‘कम्पनीहरुले क्रमिक रुपमा बुकिङ गर्न पनि थालिसकेका छन्, तर विगतको जस्तो यो मितिबाट खुल्यो है भनेर लामलस्कर लगाएर बुकिङ लिन सकिने अवस्था छैन’ यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘बाटो र परिस्थित हेरेर गाडी उपलब्ध हुने कि नहुने समेत अवस्थाको आँकलन गरेर बुकिङ लिने कुरा भएको छ ।’

उनका अनुसार एउटा निश्चित रुटको परमिट लिएर चलिरहेका गाडीहरु दशैँका लागि कुन दिनबाट देशैभर चल्न दिने भन्ने निर्णय भने हुन बाँकी छ ।

यातायात व्यवस्था विभागका अनुसार यसपाली भाडा पनि नबढाउने सहमति भएको छ । दशैँको मुखमा भाडा बढाउँदा त्यसले सर्वसाधारणमा मर्का पर्ने भएकाले यसपाली व्यवसायीहरुले नै भाडा बढाउनुपर्ने माग राखेका थिएनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...
spot_img