विद्युत विकास विभागले बुट मोडलमा २ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि कम्पनी सर्टलिस्ट गरेको छ। विभागले आशयपत्र माग गर्दा परेका आवेदनहरु मध्येबाट कम्पनी सर्टलिस्ट गरेको हो।
विभागले बुट मोडलमा २७.९ मेगावाटको मिडल इन्खु खोला र १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजना निर्माण गर्नको लागि आशयपत्र माग गरेको थियो। विभागले आशयपत्रहरु मध्येबाट कम्पनी सर्टलिस्ट गरेको हो।
जस अनुसार २७.९ मेगावाटको मिडल इन्खु खोला जलविद्युत आयोजना निर्माण गर्नको लागि अपर हेवाखोला हाइड्रो र पिउपुल्स हाइड्रो सम्मिलित जोइन्ट भेन्चर कम्पनी सर्टलिस्ट भएको छ। त्यस्तै गावाटको मैवा खोला जलविद्युत आयोजना निर्माण गर्न रिज लाइन इनर्जी सर्ट लिस्ट भएको छ।
अब सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। त्यसको लागि असोज २६ गते दिउँसो १२ बजेसम्मको समय तोकिएको छ। सोहि दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। त्यसपछि प्राविधिक प्रस्तावको मुल्यांकन गरिने छ। जसमा प्रविधिक क्षमतालाई अधिकतम ४५ अंक, वित्तीय क्षमतालाई अधिकतम ३५ अंक र अनुभवलाई अधिकतम २० अंक प्रदान गरिने छ। प्राविधिक प्रस्ताव योग्य हुनको लागि कम्तिमा ६० अंक प्राप्त गर्नु पर्ने छ। ति मध्ये सबैभन्दा बढी upfront fee पेश गर्नेलाई छनौट हुने छ ।
यद्यपि एक मात्र कम्पनी सर्ट लिस्ट भएकोले आर्थिक र प्राविधिक प्रस्ताव पास भएमा यिनै कम्पनीले ति आयोजनाको लाइसेन्स पाउने छन् ।









