आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६७ हजार ३ सय ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय १० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ९ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।













