Monday, June 22, 2026
spot_img

८४५ प्रतिशतले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको खुदनाफा, ईपीएस २७.९० रुपैयाँ

spot_img
spot_img

रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४७ करोड ६३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ८४५.५० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ३ लाख रुपैयाँ मात्र थियो।

यस अवधिमा कम्पनीको संचालन आम्दानी ११.२१ प्रतिशतले बढेर १० अर्ब २३ करोड पुगेको छ । कम्पनीको संचालन मुनाफा ७९.९५ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ४७ करोड २६ लाखबाट घटेर ४३ करोड ५८ लाख कायम भएको छ।

कम्पनीको चुक्ता पुंजी १ अर्ब ७० करोड रहेको छ भने अन्य इक्विटीमा ५ अर्ब ८२ करोड रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २.९५ रुपैयाँबाट बढेर २७.९० रुपैयाँ पुगेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img