Wednesday, June 3, 2026
spot_img

हाइड्रोबारेको अभिव्यक्तिबारे प्राधिकरणका कार्यकारी निर्देशकले दिए प्रष्टीकरण

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो अभिव्यक्तिबारे थप प्रष्ट पारेका छन् । केही दिन अघि एउटा सार्वजनिक कार्यक्रममा प्राधिकरण जलविद्युतको पछि नलाग्ने बताएका शाक्यले उक्त विषय स्पष्ट पारेका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)सँगको भेटमा कार्यकारी निर्देशकले यसबारे प्रष्ट पारेका हुन्। उनले आगामी दिनमा सोलार ऊर्जा सस्तो हुँदै जाने भएकाले जलविद्युतभन्दा सस्तो हुनुका साथै ब्याट्रि स्टोरेज पनि गर्न सकिने हुँदा जलविद्युतको उपदेयता कम हुन्छकी भन्ने चिन्ता व्यक्त गरेको बताए ।

उनले भने “सोलार सस्तो हुँदैछ, त्यहि भएर पछि सस्तो बिजुली यताबाट आयो भने हाइड्रो के गर्ने भनेको हो । १० वर्ष पछि यस्तो अवस्था आउँछ भनेको हो, चाहिदैन भनेको होइन ।” हाइड्रोले ६० प्रतिशत स्वदेशी सामान खपत गर्ने, स्वदेशकै जनशक्ति खपत गर्ने र सोलारलका प्यानल देखि ब्याट्रिसम्म सबै आयात हुने हुँदा अर्थतन्त्रमा जलविद्युतकै योगदान बढी हुनेमा आफू स्पष्ट रहेको पनि शाक्यले बताए ।

“आजको दिनमा जलविद्युत नै सान्दर्भिक छ । भोलिका दिनको मूल्य तुलना गर्दा सोलार सस्तो पर्ने देखिन्छ । तर सोलारले अर्थतन्त्र उकासिँदैन । त्यसमा म जानकार छु ।” शाक्यले भने ।

विद्युत खपत बढाउन ग्यासमा दिइएको अनुदान बिजुलीबाट खाना पकाउनमा खर्च गर्नुपर्छ भन्ने इप्पानको सुझावमा भने शाक्यले वितरण लागत महँगो पर्ने र खाना पकाउन बिहान बेलुका मात्रै विद्युत खपत हुने हुनाले उक्त कुरालाई प्रवर्द्धन गर्न नसकिने बताए ।

आज इप्पानले विद्युत प्राधिकरणसामु विभिन्न ११ बुँदे माग पनि राखेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सीमा पारीबाट सय रुपैयाँको सामान ल्याउँदा अब भन्सार नलाग्ने, कतिसम्म छ छुट ?

सरकारले स्थल सीमा नाका हुँदै १ सय रुपैयाँभन्दा बढीको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी...

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा...

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने...

इप्पानको विधान संशोधनबारे अन्तरक्रिया गर्दै उर्जा उद्यमी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आवद्द उर्जा...
spot_img