आरबिबि मर्चेन्ट बैंकिंग लिमिटेडले नयाँ सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले साउन २३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले आरबिबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि आरबिबि फोकस ४० नामको बन्दमुखी योजना संचालन गर्न अनुमति पाएको हो ।
यस फण्डको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ ।









