Saturday, July 25, 2026
spot_img

सोपान फर्मास्युटिकल्सको साधारणसभा आह्वान, आईपीओ निष्काशन विशेष प्रस्ताव

spot_img

सोपान फर्मास्युटिकल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ १५ गते ललितपुरको इमाडोल स्थित आगन पार्टी भेन्युमा आर्थिक २०८१/८२ को साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै आ.व. २०८२/०८३ को बाहय लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ ।

विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ ।

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं ८ मा अवस्थित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटडले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्ड अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी औषधिहरु उत्पादन गर्दै आएको छ।

हेर्नुस् साधारणसभाको सूचना

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img