Friday, July 10, 2026
spot_img

१४ देखि १९ सिटका व्यावसायिक EV सार्वजनिक गर्दै जगदम्बा मोटर्स, मूल्य कति ?

spot_img

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि.ले विद्युतीय सवारी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै १४ देखि १९ सिट क्षमताका व्यावसायिक ईभी गाडीहरू सार्वजनिक गर्दैछ । यी गाडीहरू Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ प्रख्यात ब्रान्डहरूमार्फत उपलब्ध गराइएका हुन् ।

NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक ईभी गाडीहरूको प्रदर्शन गर्दै नेपालको विद्युतीय सवारी क्षेत्रमा थप गति ल्याउने विश्वास व्यक्त गरेको छ ।

निजी सवारीपछि अब व्यावसायिक सवारीतर्फ पनि विद्युतीय गाडीप्रतिको आकर्षण तीव्र हुँदै गएको सन्दर्भमा जगदम्बा मोटर्सले यस्तो व्यावसायिक ईभी विकल्प ल्याएको हो ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेट्वालले भने, ‘हामी विविध व्यावसायिक समाधानहरू प्रस्तुत गर्दै एक्स्पोमा सहभागी भएका छौं । विद्युतीय सवारी साधनको उपस्थितिलाई अझ बलियो र प्रभावकारी बनाउने दिशामा विविधता ल्याउन आवश्यक छ, त्यहीँ अनुरुप हामीले १४ देखि १९ सिट क्षमताका व्यावसायिक ईभी गाडीहरू सार्वजनिक गर्दैछौँ ।’

प्रदर्शित मोडलहरू:

Farizon – १९ सिटर प्रिमियम इलेक्ट्रिक भ्यान

चीनको Geely समूह अन्तर्गत निर्माण गरिएको Farizon ब्रान्डको यो भ्यान उच्च प्रविधि, सुरक्षा र यात्रु सुविधाले भरिएको छ।

मुख्य विशेषता र फाइदाहरू:

  • Geely ब्रान्ड अन्तर्गतको विश्वस्त निर्माण

  • शंकर समूहको व्यावसायिक वितरण सञ्जाल

  • शुद्ध EV प्लेटफर्म – न्यून मर्मत खर्च

  • EU WVTA प्रमाणित – अन्तर्राष्ट्रिय सुरक्षा मान्यता

  • १९ सिटर क्षमतायुक्त प्रिमियम सिट

  • १७० kW इलेक्ट्रिक मोटर – चढाइ मार्गमा सहज

  • ८२.८८ kWh लिथियम ब्याट्री – लामो रेन्ज

  • चारैपाङ्ग्रामा डिस्क ब्रेक र आधुनिक सुरक्षा प्याकेज (एयरब्याग, ABS, EBD, हिल होल्ड, ADAS, 360 क्यामेरा)

  • चालकका लागि AC, हिटर, तातो सिट/स्टेयरिङजस्ता सुविधा

  • ब्याट्री वारन्टी: ४ वर्ष वा ७ लाख किमी | मोटर: ५ वर्ष वा २ लाख किमी

  • सुरुवाती मूल्य: रु. ७६,९०,०००


Chery Wanda – १४ सिटर माइक्रोबस

Chery र Wanda जस्ता चिनियाँ टप ब्रान्डद्वारा निर्मित १४ सिटर ईभी माइक्रोबस छोटो दूरीको यात्रा, शहरभित्रको कम्युट तथा कर्मचारी ओसारपसारका लागि उपयुक्त छ।

मुख्य विशेषता:

  • ५३.५८ kWh CATL ब्याट्री

  • ३०० किमी (NEDC) दाबी गरिएको रेन्ज

  • १८० मिमी ग्राउन्ड क्लियरेन्स

  • ब्याट्री वारन्टी: ५ वर्ष वा ३ लाख किमी | मोटर: ५ वर्ष वा २ लाख किमी

  • मूल्य: रु. ५६,५०,०००

जगदम्बा मोटर्सले एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुट र अफर पनि उपलब्ध गराउने जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img