Friday, July 24, 2026
spot_img

मेटलाइफ नेपालले हासिल गर्यो ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र

spot_img

मेटलाइफ नेपालले विश्वस्तरको ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र प्राप्त गरेको छ । यो भनेको उत्कृष्ट कार्यसंस्कृतिको मान्यता हो ।

मेटलाइफ नेपालले विश्वभरका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै यस उपाधि हासिल गरेको र यसले मेटलाइफलाई कर्मचारीमैत्री संस्थाका रूपमा प्रमाणित गराएको जनाइएको छ ।

गत महिना सम्पन्न सर्वेक्षणमा विश्वभरका २४ हजार भन्दा बढी कर्मचारी सहभागी भएका थिए । उनीहरूले काम गर्ने वातावरण, विश्वास, समावेशीता, सम्मान र प्रेरणाको आधारमा मेटलाइफको मूल्याङ्कन गरेका थिए । नेपालस्थित मेटलाइफको प्रदर्शन ग्लोबल बेन्चमार्कभन्दा उच्च देखिएको थियो । यसले कम्पनीको समावेशी, सुरक्षित र प्रेरणादायक कार्यसंस्कृतिलाई झल्काने गर्दछ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले निर्माण गरेको कार्यसंस्कृतिको प्रमाण हो । जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन् ।’

‘ग्रेट प्लेस टु वर्क’ विश्वव्यापी रूपमा सर्वोत्तम कार्यस्थल चिन्ने मान्यता प्रणाली हो, जसले संस्थाको भित्री संस्कृति, नेतृत्व, पारदर्शिता र कर्मचारी सन्तुष्टिलाई आधार मानेर मूल्याङ्कन गर्दछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img