Monday, August 10, 2026
spot_img

मुलुकमा बीमाको महत्व बढिरहेको छ, अन्तर्राष्ट्रिय अभ्यासहरू भित्र्याउनुपर्छः राजेन्द्र मल्ल

spot_img

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा बीमाको महत्व बढिरहेको भन्दै बीमा कम्पनीहरुले उपभोक्ताको सेवालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय असल अभ्यासहरू पनि भित्र्याउन आवश्यक रहेको बताएका छन् । प्रभु इन्स्योरेन्सका अध्यक्षसमेत रहेका मल्लले प्रभु इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बीमा कम्पनी र सरकारले गाउँ गाउँमा बीमाबारे जागरण ल्याउनुपर्ने बताएका हुन् ।

उनले ‘बीमा गरौँ, ढुक्क बनौँ’ भन्ने विषय केवल शब्द मात्रै नभएको भन्दै बीमाको प्रभावकारीताबारे सरकारी क्षेत्र र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्षसमेत रहेका मल्लले सरकारले बीमा क्षेत्र र बीमा उद्योगलाई बढी ‘रेगुलेट’ गर्ने भन्दा पनि अभिभावकत्व प्रदान गरेर फैलिन दिनुपर्ने धारणा राखेका छन् । यसैगरी, विपत्तिको पीडामा सेवा दिने क्षेत्र भएकाले बीमा उद्योगको विकासमा सरकारको पनि उत्तिक्कै जिम्मेवारी रहने उनको भनाइ छ ।

साथै, प्रभु इन्स्योरेन्समा आफू सञ्चालक समितिमा सुरुदेखि नै संलग्न रहेको र अहिले अध्यक्षको रूपमा सेवारत रहेको बताउँदै मल्लले कम्पनीले आर्थिक वर्ष ०८१/८२ मा आर्जन गरेको मुनाफाबाट १८ प्रतिशत बोनस घोषणा गर्न पाउँदा गर्व लागेको पनि बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको...

२४१ प्रतिशतले बढ्यो स्नो रिभर्सको नाफा, ईपीएस १४.२१ रुपैयाँ

स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

बीपी राजमार्ग सूचारु

लेदो र पहिरोले अवरुद्द भएको बीपी राजमार्ग अहिले सञ्चालनमा...

२८८ प्रतिशत बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, ईपीएस ११.१७ रुपैयाँ

तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि...
spot_img