जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुगेको छ । नेपालको विद्युतीय सवारीसाधन यात्रामा नयाँ इतिहास बनाउँदै दिगोले पहिलो पटक जुम्लामा ९ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको हो।
यो उपलब्धिले नेपालमा ग्रामीणदेखि शहरी क्षेत्रमा विद्युतीय सवारीलाई जोड्ने दिगो प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ। दिगोका अनुसार DFSK Danfe विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछ, जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ। यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडी संगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्दैछ । थप चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको छ दिगोले जनाएको छ।
दिगो ग्रुप अफ् कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने “जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु हाम्रो लागि गर्वको कुरा हो। यस उपलब्धिले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरीनै देशभरि विद्युतीय सवारीसाधनको पहुचलाई विस्तार गरिरहने छौँ ।“
दिगो ग्रुप अफ् कम्पनीजले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ। ‘मिसन जेरो एमिसन’ को उदेश्य बोकेको दिगोले देशभर विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्विस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधार तथा राजमार्गमा आधुनिक रेस्ट स्टप उपलब्ध गराउँदै आएको छ। स्वच्छ उर्जा र आधुनिक प्रबिधिको उपयोगमा समर्पित भएर, दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्य तर्फ डोर्याउन निरन्तर प्रयास गरिरहेको जनाएको ।













