Tuesday, April 21, 2026
spot_img
spot_img

जुम्लामा पहिलो पटक पुग्यो विद्युतीय गाडी, छोटो दुरीका सार्वजनिक रुटमा चल्ने

spot_img
spot_img

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुगेको छ । नेपालको विद्युतीय सवारीसाधन यात्रामा नयाँ इतिहास बनाउँदै दिगोले पहिलो पटक जुम्लामा ९ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको हो।

यो उपलब्धिले नेपालमा ग्रामीणदेखि शहरी क्षेत्रमा विद्युतीय सवारीलाई जोड्ने दिगो प्रतिबद्धतालाई झल्काउँने कम्पनीले जनाएको छ। दिगोका अनुसार DFSK Danfe विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछ, जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ। यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडी संगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्दैछ । थप चार्जिङ स्टेशनहरू जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको छ दिगोले जनाएको छ।

दिगो ग्रुप अफ् कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने “जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु हाम्रो लागि गर्वको कुरा हो। यस उपलब्धिले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरीनै देशभरि विद्युतीय सवारीसाधनको पहुचलाई विस्तार गरिरहने छौँ ।“

दिगो ग्रुप अफ् कम्पनीजले नेपालमा विद्युतीय सवारीको मात्र नभई यसको सम्पूर्ण इकोसिस्टमको विस्तार गरिरहेको छ। ‘मिसन जेरो एमिसन’ को उदेश्य बोकेको दिगोले देशभर विद्युतीय सवारी साधनको बिक्री, वितरण, सर्विस, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधार तथा राजमार्गमा आधुनिक रेस्ट स्टप उपलब्ध गराउँदै आएको छ। स्वच्छ उर्जा र आधुनिक प्रबिधिको उपयोगमा समर्पित भएर, दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्य तर्फ डोर्याउन निरन्तर प्रयास गरिरहेको जनाएको ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...
spot_img