Tuesday, April 21, 2026
spot_img
spot_img

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

spot_img
spot_img

नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रा.लि. ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो ।

१००० केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन् । चार्जिङ स्टेशनको उद्घाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवद्र्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको र विद्युतीय सवारी साधनहरु समयको आवश्यकता भएको वताए । यस्ता पूर्वाधार विकासले देशलाई हरित यातायाततर्फ लैजाने विश्वास ब्यक्त गर्दै उनले बुटवलमा यति ठूलो चार्जिङ स्टेशन निर्माण हुनु सबैको लागि गौरवको विषय भएको र निजी क्षेत्रको यस्तो लगानीले देशको दिगो विकासमा महत्वपूर्ण योगदान दिने विश्वास समेत ब्यक्त गरे ।

कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनहरुको प्रयोग उल्लेख्य रुपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएको भन्दै त्यही समस्या समाधानको लागि आफूहरुले पहल गरेको बताए । उपभोक्तालाई भरपर्दो, द्रुत र सुरक्षित चार्जिङ सेवा दिन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ ं। खतिवडाले भने, यो चार्जिङ स्टेशन हामीले केवल व्यवसायिक सोच र उपभोक्ताको हितका लागि मात्रै हैन, वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौं । उनले इभी क्षेत्रमा दीर्घकालीन लगानी र विस्तारको योजना बनिरहेको र निकट भविश्यमै देशका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेशनहरु संचालनमा ल्याउने जानकारी दिए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि. का अध्यक्ष दधिराम खरेलले इभी सवारीलाई सफलतापूर्वक संचालन गर्न चार्जिङ स्टेशन र वर्कशप अनिवार्य रहेको भन्दै आफ्नो संस्थाको निरन्तर आग्रहमा शशीला मोटर्सले यो परियोजनामा कार्यान्वयन गरेको बताए । यस चार्जिङ स्टेशनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका इभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img