टिभीएस मोटर कम्पनीले नेपालमा TVS Jupiter 110 स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित रहेको कम्पनीले जनाएको छ।
१५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरू सहितको यो नयाँ टेक-फ्रेंड्ली Jupiter 110 नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर रहेको कम्पनीले उल्लेख गरेको छ।
स्कुटरमा डुअल हेल्मेट अन्डर-सिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस, सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र MetalMaxx Body, लामो सिटसहितको Body Balance 2.0 प्रविधि, सवारी नियन्त्रण र आराममा सुधार, “Find Me” सुविधा, “Follow Me” हेडल्याम्प, र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने TSL सुविधा TVS SMARTXONNECT TM ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर – कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित Distance to Empty, Real Time Fuel Efficiency, Average Fuel Efficiency लगायतका धेरै विशेषताहरू रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार TVS Jupiter 110 मा 113.3cc सिंगल सिलिन्डर, 4-स्ट्रोक इन्जिनबाट सञ्चालित, 6500 rpmमा 5.9 kW पावर र 5000 rpm मा GO Assist सहित 9.8 Nm टर्क र iGO Assist बिना 9.2 Nm टर्क उत्पन्न गर्छ । iGO Assist प्रविधिको प्रयोगले अघिल्लो मोडेलको तुलनामा १०% बढी माइलेज प्राप्त हुन्छ ।
यसमा ‘स्मार्ट’ इग्निसन सिस्टम दिइएको छ, जसमा अटो स्टार्ट-स्टप फङ्सन र ISG (Integrated Starter Generator) जस्ता विशेषताहरू छन् । यी प्रविधिहरूले स्कुटरले ओभरटेक गर्दा वा उकालो चढ्दा ब्याट्रीको शक्ति प्रयोग गरी तुरुन्तै आवश्यक टर्क प्रदान गर्छ ।
Dawn Blue Matte रंगमा उपलब्ध यो स्कुटरको शुरुआती मूल्य रु २,५७,९०० राखिएको छ। यो Disc SXC भेरियन्टमा सम्पूर्ण TVS शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।













