Monday, May 25, 2026
spot_img

मूल्य घटाएर एनसीएचएलको ३१ हजार कित्ता शेयर बेच्दै मितेरी डेभलपमेन्ट बैंक

spot_img
spot_img

मितेरी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको ३१ हजार ६ सय कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो।

यस लिलामीको शेयर खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले मात्र आवेदन दिन सक्ने छन् । आवेदन दिंदा पुरै ३१ हजार ६ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ । असार २१ देखि असर २५ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ५ सय रुपैयाँ कायम गरेको छ । सो भन्दा बढी मूल्य कबुल गरि शेयर खरिदको लागि आवेदन दिनु पर्ने छ। शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ ।

बैंकले यस अघि असार ६ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिने गरि ति शेयर लिलाममा ल्याएको थियो । त्यस समय ति शेयरको न्युनतम मूल्य प्रति कित्ता ७ सय तोकिएको थियो।  अहिले बैंकले मूल्य घटाएर फेरी शेयर लिलाममा ल्याएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जापानद्वारा भारतीय आँपको आयातमा प्रतिबन्ध

जापानले यो सिजनमा भारतबाट ताजा आँपको आयात पूर्ण रूपमा...

सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्न सांसदको आग्रह

सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्न आग्रह...

बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको...

अर्थतन्त्र उकास्न बंगलादेशको केन्द्रीय बैंकले ल्यायो ६ खर्बको प्याकेज, तरलता पनि व्यवस्थापन

बंगलादेशको केन्द्रीय बैंक (बंगलादेश बैंक) ले अर्थतन्त्रलाई गति दिन...

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पीक्स’ सार्वजनिक

प्रिमियर डिस्टिलरी लिमिटेडले ‘८ पीक्स’ नामक नयाँ ब्राण्ड बजारमा...
spot_img