spot_img

मूल्य घटाएर एनसीएचएलको ३१ हजार कित्ता शेयर बेच्दै मितेरी डेभलपमेन्ट बैंक

spot_img

मितेरी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको ३१ हजार ६ सय कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो।

यस लिलामीको शेयर खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले मात्र आवेदन दिन सक्ने छन् । आवेदन दिंदा पुरै ३१ हजार ६ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ । असार २१ देखि असर २५ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ५ सय रुपैयाँ कायम गरेको छ । सो भन्दा बढी मूल्य कबुल गरि शेयर खरिदको लागि आवेदन दिनु पर्ने छ। शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ ।

बैंकले यस अघि असार ६ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिने गरि ति शेयर लिलाममा ल्याएको थियो । त्यस समय ति शेयरको न्युनतम मूल्य प्रति कित्ता ७ सय तोकिएको थियो।  अहिले बैंकले मूल्य घटाएर फेरी शेयर लिलाममा ल्याएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...