Tuesday, April 21, 2026
spot_img
spot_img

टाटाको ७.७ ‘डिल्स लाइक नेभर विफोर’ स्किमः पूराना गाडीसँग टाटाका अत्याधुनिक ईभी साट्न सकिने

spot_img
spot_img

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले असार १९ देखि २३ गते (जुलाई ३ देखि ७ जुलाई सम्म) ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्राण्डका पूराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कर्भ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ ।

“७.७ डिल्स लाइक नेभर विफोर” कार्यक्रम अन्र्तरगत ग्राहकहरुलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल््याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

सो अवसरमा ग्राहकहरुले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आईफोन-१६ जित्ने अवसर समेत पाउनेछन् ।

पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूमहरूमा यो कार्यक्रम संचालनमा हुने छ ।

सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, “७.७ डिल्स लाइक नेभर विफोर” लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।

इच्छुक ग्राहकहरूलाई यो अफर असार १९ देखि २३ (३ जुलाई देखि ७ जुलाई) सम्म मात्र उपलब्ध हुने भएकाले समयमै नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img