Tuesday, April 21, 2026
spot_img
spot_img

नेपालमा MG Windsor EV सार्वजनिक

spot_img
spot_img

प्रतिक्षा गरिएको MG Windsor EV नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले भारतमा उत्पादन भएको वीन्डसर ईभीलाई आज बुधबार औपचारिक रुपमा सार्वजनिक गरेको हो।

पारामाउण्टले वीन्डसर ईभीलाई हाल दुई भेरियन्टमा नेपाल भित्र्याएको छ । ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको एमजी वीन्डसरमा १ सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले एक पटकको फूल चार्जमा ३३१ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता विशेषता छन् । पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्याण्डल, इन्टेरियरमा ८.८ इन्चको फूल एलसीडी इन्ट्रुमेन्टल प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र सबै एलईडी लाइट दिइएको छ ।

एमजी वीन्डसर भारतमा उत्पादनको ६ महिनामा २० हजार बढी युनिट बिक्री भएको थियो । यो कार भारतीय बजारमा सन् २०२४ को सेप्टेम्बरमा लन्च गरिएको हो ।

कम्पनीले यस गाडीको सुरुवाती मूल्य ३७ लाख ९९ हजार कायम गरेको छ । अर्को भेरियन्ट ३९ लाख ९९ हजारमा उपलब्ध हुने छ। गाडीको बुकिङ खुलिसकेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img