Friday, June 26, 2026
spot_img

गाडी आयातमा कडा व्यवस्था: आधा दर्जन शर्त तोकिँदै, ६ महिनाभित्र समस्या आए निःशुल्क मर्मत

spot_img
spot_img

सरकारले गाडी आयातमा कडाई गर्न लागेको छ । पूर्वाधार र तयारी बिना नै सवारीको आयात बढेपछि यातायात व्यवस्था विभागले निर्देशिका नै बनाएर गाडीको आयातमा कडाई गर्न लागेको हो ।

विभागले ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धि निर्देशिका २०८२’को मस्यौदा तयार पारिसकेको छ । जसमा ग्राउण्ड क्लियरेन्स १८० एमएमभन्दा कम हुन नहुने, ब्याट्रीको आयु न्यूनतम् ७ वर्ष हुनुपर्ने, ब्याट्रीको चार्जिङ लाइफसाइकल ३००० हुनुपर्ने जस्ता प्रावधान राखिएका छन् । यस्तै, एक वर्षभन्दा पूराना सवारी साधन आयात गर्न बन्देज लगाइने र गाडी आयातकर्ता वा आधिकारिक बिक्रेताले नै १० वर्षसम्म स्पेयर पाट्र्सको ग्यारेन्टी गर्नुपर्ने लगायतका प्रावधान पनि प्रस्ताव गरिएका छन् ।

एक वर्षभन्दा पूराना गाडी आयातमा बन्देज
विभागले तयार पारेको मस्यौदामा उत्पादन भएको एक वर्ष भित्रका गाडी मात्रै आयात गर्न पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ । उदाहरणका लागि अब कुनै कम्पनीले सन् २०२५ को फेब्रुअरीमा उत्पादन गरेको गाडी २०२५ को फेब्रुअरीभित्र मात्रै आयात गर्न पाइनेछ ।

विभागले उत्पादन अवधि एक वर्ष नाघेका गाडी ल्याउन नदिने यो प्रस्ताव प्रदूषण नियन्त्रण रणनीति र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप कायम गर्न खोजिएको जनाएको छ ।

१० वर्षसम्म स्पेयर पाट्र्सको ग्यारेन्टी
प्रस्तावित निर्देशिकाको मस्यौदामा गाडी आयातकर्ता वा बिक्रेताले सवारी बिक्रीपछि कम्तीमा १० वर्षसम्म स्पेयर पाट्र्स उपलब्ध गराउने ग्यारेन्टी गर्नुपर्ने प्रावधान पनि राखिएको छ । यदि, कुनै कम्पनीले १० वर्षसम्म स्पेयर पाट्र्सको ग्यारेन्टी गर्न सक्दैन भने उसलाई गाडी आयात गर्ने अनुमति नदिईने जनाइएको छ ।

‘आफ्टर सेल्स सर्भिस’लाई ग्राहकमैत्री बनाउनका लागि र गाडी खरिद गरिसकेका उपभोक्ताले स्पेयर पाट्र्स नपाउने जोखिम नहोस् भनेर यो प्रावधान ल्याउन खोजिएको विभागले जनाएको छ ।

मर्मतको समयसीमा, समयमा मर्मत नसके क्षतिपूर्ति
प्रस्तावित निर्देशिकाको मस्यौदामा गाडी मर्मतका लागि आधिकारिक सर्भिस सेन्टरहरुले अवधि नै तोकेर सवारीधनीलाई जानकारी दिनुपर्ने भनिएको छ । कुनै गाडी बिग्रिएको अवस्थामा कम्पनीले ३ दिनभित्र मर्मत गरिसक्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यदि, कम्पनीले तोकिएको समयमा गाडी मर्मत गर्न नसकेको अवस्थामा सम्बन्धित गाडी धनीलाई क्षतिपूर्ति दिनुपर्ने सम्मको व्यवस्था लागू गर्न खोजिएको छ ।

यस्तै, सवारी मर्मत गर्नका लागि ल्याउने ग्राहकलाई कम्पनीले मर्मत शुल्क र मर्मतका क्रममा प्रयोग भएका स्पेयर पाट्र्सको मूल्य लिखित रुपमै उपलब्ध गराउनुपर्ने प्रावधान पनि लागू गर्न खोजिएको छ ।

६ महिनाभित्र समस्या आए निःशुल्क मर्मत
कम्पनीले गाडी बिक्री गरेको ६ महिनाभित्रै गाडीमा समस्या आए निःशुल्क मर्मत गरिदिनुपर्ने प्रावधान पनि राखिएके छ । यदि मर्मत असम्भव हुने भए उक्त गाडी कम्पनीले फिर्ता लिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

अहिले के छ प्रावधान ?
हाल नेपालमा यातायात व्यवस्था ऐन, २०४९ प्रचलनमा छ । उक्त ऐनको दफा १० अनुसार सवारी दर्ता तथा प्राविधिक मापदण्डको पालना अनिवार्य गरिएको छ ।

ऐनमा दर्ता तथा सञ्चालन मापदण्ड उल्लेख भएपनि सवारीको उत्पादन मिति वा स्पेयर पाट्र्सको उपलब्धता स्पष्ट रूपमा निर्दिष्ट गरेको छैन ।

यस्तै, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा गुणस्तरहीन वस्तु बिक्री भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने अधिकार समावेश छ । सोही ऐनको दफा ११ मा व्यवसायीले उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने भनिएको छ । जुन ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धि निर्देशिका २०८२’को मस्यौदासँग मिल्दोजुल्दो देखिन्छ ।

यद्यपी, प्रस्तावित नयाँ निर्देशिकाको मस्यौदामा अन्तर्राष्ट्रिय आयोजना वा निर्माणजन्य साधनहरु भने एक वर्षभन्दा पूराना पनि आयात गर्न सकिने उल्लेख छ । तर, यसका लागि अर्थ मन्त्रालयको सिफारिस आवश्यक हुने भनिएको छ ।
त्यस्तै, कूटनीतिक नियोगहरूले पनि परराष्ट्र मन्त्रालयबाट सिफारिसमा नेपाली प्रदूषण मापदण्ड अनुसारका पूराना गाडी ल्याउन सक्ने भनिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img