Wednesday, April 22, 2026
spot_img
spot_img

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी

spot_img
spot_img

नेपालमा हुन्डाईको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले धनगढी क्षेत्रमा क्रेटा ईभी सार्वजनिक गरेको छ । कम्पनीले सो अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको छ ।

कम्पनीको अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ । तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन ।

साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा विशेष भेटघाट कार्यक्रम आयोजना गर्दै नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए ।

कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्तरगत दिनेश फोर हुईल्स् प्रा.लि. धनगढीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद दिँदै राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img