हुन्डाईका गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगञ्ज क्षेत्रमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले क्रेटा ईभी सार्वजनिक गर्दै अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया सहितको अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।
कम्पनीले नेपालगञ्ज सहित देशैभरी नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टका विषयमा सचेतना पनि प्रदान गरेको छ ।
हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडेलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडेलमा एउटै प्ल्याटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टम अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरिका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ । यसले गर्दा ग्राहकलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने बताइएको छ ।
नेपालभरि यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले असार ९ गते हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल प्रा.लि.को आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोड नेपालगञ्जमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो । जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरू नयाँ मोडेल पनि प्रदर्शन गरिएका थिए ।
यस कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय देखिएको कम्पनीको भनाइ छ । पछिल्ला कार्यक्रमको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभीका ४ भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरिएको जनाइएको छ । जसमा कार्यक्रम स्थलबाट ४ वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।
यसले यस क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेको कम्पनीको भनाइ छ । सायद यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकाले यहाँका मानिसमा हुन्डाईको गाडी र सेवाप्रति बलियो विश्वास रहेको कम्पनीको दाबी छ ।













