नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले LEV 01 EV नेपालमा सार्वजनिक गरेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो ।
एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो । एलएस अटोले सन् २०२५ NAIMA Auto Show मा थप दुई मोडेलहरू एलईभी एक्स र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD) दुबै अप्सनमा बन्ने भएकाले नेपालमा समेत आउनेछन् । एलईभी एक्स एक प्रिमियम क्रस ओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।
स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ । यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ ।
कम्पनीका अनुसार एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ । एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ। यसको ब्याट्री प्याक अन्य इभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिदैन ।
ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ। चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको कम्पनीले जनाएको छ। यसको ड्रयाग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ। यो इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ । एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ CE/SE नेपाल भित्रिसकेको छ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको छ । सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्षवा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।
नेक्सन भेन्चरले न्यु शोरुम इनौगुरेशनको अफर भनेर स्ट्यान्डर्ड एडिसन (SE) को मूल्य ५९ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको(CE) मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकेको छ। साथै अब भित्रिन लागेको गाडी एल भी ०५ र एल भी एक्स को मूल्य NAIMA AUTO SHOW मै प्रकासित गरिने कम्पनीले जनाएको छ।
देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाण्डौ तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको छ, भने काठमाण्डौको कालोपुलमा सर्भिस सेन्टर समेत स्थापना गरिसकेको छ।
एलईभी ०५
एलएस अटोले बनाएको दोस्रो मोडेलको रूपमा एलईभी ०५ जसमा १७ इन्चको अलोय हवील रहेको एलईभी ०५ मा १७५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । एलईभी ०५लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ। यो यसको अधिकतम टर्क १८० न्युटन मिटर छ । यो कारमा सेग्मेन्ट फस्ट सबैभन्दा ठूलो साइजको व्याट्रीप्याक रहेको छ । एलईभी ०५ मा ५६ किलोवाट आवरको एलएफपी व्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।
एलईभी एक्स
एलएस अटोले बनाएको तेस्रो अर्को मोडल एलईभी एक्स हो । क्रसओभर एसयूभी डिजाइनको यो इभी यस अघिनै नेपाली बजारमा बिक्री भईरहेको एलईभी ०१ को फोर स्वील ड्राइभ भर्सन हो । एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आउने छ । एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ । एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ । साथै यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजको लागि फ्रड्स समेत थपिएको छ ।













