Wednesday, April 22, 2026
spot_img
spot_img

बीवाईडी ‘डल्फिन २०२५’: आकर्षक डिजाइन र अत्याधुनिक फिचर्स, कति छ मूल्य ?

spot_img
spot_img

बीवाईडीको नयाँ मोडल सार्वजनिक भएको छ । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ मोडल सार्वजनिक गरेको हो ।

आइतबार सार्वजनिक गरिएको बीवाईडीको नयाँ मोडलमा अत्याधुनिक फिचर्सहरु छन् । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार कम्पनीले उपभोक्तालाई प्रविधिक सेवा सहज बनाउँदै दीर्घकालीन रुपमा सन्तुष्टि प्रदान गर्ने उदेश्यका साथ नयाँ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार हालसम्म नेपाली बजारमा करिब २५ सय युनिट बीवाईडी डल्फिन गाडी बिक्री भइसकेका छन् । नयाँ मोडलले अझै धेरै उपभोक्तालाई आकर्षित गर्ने उनको विश्वास छ ।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले डल्फिन नेपाली ग्राहकले अत्याधिक रुचाएको ईभी भएकाले डल्फिन २०२५ ले डल्फिनलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । ‘बिवाईडीका २५ सय युनिट गाडी नेपाली बनारमा बिक्री भइसकेका छन्, नयाँ मोडलले ग्राहकहरुमा थप विश्वास जागृत गराउने विश्वास लिएका छौँ’ उनले भने, ‘विश्वभर बीवाईडीका ८ लाख ३० हजार युनिट भन्दा बढी गाडीहरू बिक्री भइसकेका छन् ।’

नयाँ मोडलमा ४४.९ किलोवाट आवर क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्री छ, जसले एक पटक पूरै चार्जमा ३४० किलोमिटरसम्म रेन्ज दिनेछ । ब्याट्रीको आयु पनि १५ वर्षसम्म हुने कम्पनीले जनाएको छ ।

१५० किलोवाटको डीसी फास्ट चार्जिङ सुविधा भएको यस गाडीमा ३६० डिग्री क्यामेरा, फ्रन्ट र ब्याक दूबैतिर पार्किङ सेन्सर लगायतका फिचर्स छन् ।

१५.६ इन्चको घुम्ने टचस्क्रिन, लेन किप असिस्ट र अनुकूल क्रूज कन्ट्रोल जस्ता अत्याधुनिक विशेषताहरू भएको नयाँ डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img