Wednesday, April 22, 2026
spot_img
spot_img

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

spot_img
spot_img

व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ। शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री खत्रीले विद्युतीय सवारी साधनको बढ्दो मागलाई सकारात्मक संकेतका रुपमा लिँदै वातावरण प्रदूषण न्यूनीकरण र इन्धनको बचतका लागि इभी गाडीको प्रयोग अनिवार्य जस्तै भइसकेको बताए। साथै, उनले सेवा विस्तारसँगै गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै यातायात व्यवसायीसँग दीर्घकालीन सहकार्य गर्न शशीला मोटर्सलाई सुझाव पनि दिए।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागि कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पछिल्लो समय कोहलपुर र नेपालगञ्ज क्षेत्रमा इभी गाडीको प्रयोग उल्लेख्य रुपमा बढेको जानकारी गराए। उनले आगामी दिनमा इभीको प्रयोग अझै तीव्र हुने भएकाले ग्राहकको आवश्यकता अनुसार सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए।

शशीला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खड्काले नेपालगञ्ज शाखा कम्पनीको चौथो शाखा भएको जानकारी दिँदै सेवा विस्तार ग्राहकको माग अनुसारकै रहेको बताए। उनका अनुसार शशीला मोटर्सले हाइगर, किटोन, भ्यान्चे, चेरी वान्डा र रुइसुजस्ता चर्चित ब्रान्डहरूसँग साझेदारी गर्दै नेपालमा यी ब्रान्डका व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ।

समारोहमा विभिन्न यातायात कम्पनीका अध्यक्षहरूको उपस्थिति रहेको थियो। नमस्ते गोरखा यातायात प्रालिका अध्यक्ष विनोद रिजाल, भेरी यातायात प्रालिका अध्यक्ष जुनबहादुर थापा, राधाकृष्ण यातायात प्रालिका अध्यक्ष सनत रेग्मी, नागरिक यातायात प्रालिका अध्यक्ष दीपक शर्मा, नमस्ते कान्तिपुर यातायात प्रालिका अध्यक्ष थमन रोकाया, र भेरी स्टार प्रालिका अध्यक्ष विष्णुप्रसाद पोखरेललगायतले शशीला मोटर्सको नयाँ शाखा उद्घाटनमा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा शशीला मोटर्स नेपालगञ्ज शाखाबाट इभी गाडी खरिद गर्ने ग्राहकहरूलाई चाबी तथा विशेष उपहार प्रदान गरिएको थियो। साथै, कम्पनीले हालै नेपालमा भित्र्याएको चेरी ब्रान्डको नयाँ इभी बसमा उपस्थित सबैलाई यात्रा गराइएको थियो।

दश वर्षदेखि व्यावसायिक सवारी साधनको क्षेत्रमा सक्रिय शशीला मोटर्स अहिले विश्वप्रसिद्ध ब्रान्डहरूको नेपालका लागि आधिकारिक वितरकका रुपमा परिचित हुँदै गएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img