Monday, September 7, 2026
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

spot_img

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले यसअघि अध्यादेशमार्फत ऐन संशोधन गरेर र आगामी आर्थिक वर्षको बजेटमार्फत होटललाई उद्योगको मान्यता दिने भनेपछि प्राधिकरणले होटललाई औद्योगिक वर्गमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।

प्राधिकरणले यसका लागि विद्युत् नियमन आयोगलाई पत्राचार गरेको छ । प्राधिकरणले यहीँ असार मसान्तदेखि नै होटललाई नयाँ विद्युत महशुल दर (उद्योगसरहन) अनुसार विलिङ गर्नुपर्ने भन्दै नियमन आयोगलाई पत्राचार गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यका अनुसार हालसम्म होटल ग्राहकहरु कमर्सियलमा छैनन् । अब भने बजेटले घोषणा गरे बमोजिम उक्त वर्गमा राख्नका लागि प्राधिकरणले आयोगलाई पत्राचार गरेको उनको भनाइ छ । आयोगले औद्योगिक वर्गमा राखिदिएपछि प्राधिकरणले होटललाई उद्योगसरह महशुल तोकेर बिलिङ गर्नेछ ।

अब होटलले कति महशुल बुझाउनुपर्छ ?

अहिले होटलले एक युनिटको १२ रुपैयाँ महशुल बुझाइरहेका छन् । उद्योग सरहको वर्गमा रुपान्तरण भएपछि यसमा ४ रुपैयाँ छुट हुनेछ ।

उद्योगले विद्युत महशुलमा सहुलियत पाउँदै आएका छन् । यस आधारमा अब होटलले पनि ८ रुपैयाँ प्रतियुनिटमा बिजुली पाउने छन् ।

होटल संघ नेपाल (हान), नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई समिति लगायतले होटललाई उद्योग सरहको मान्यता दिइनुपर्ने बताउँदै आएका थिए । महासंघको पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले होटललाई उद्योगको मान्यता प्रदान गरेर त्यस अनुसारका सहुलियत प्रदान गर्दै जाँदा मुलुकको पर्यटन क्षेत्र अझ फस्टाउने बताएका छन् । उनले यसका लागि सरकारलाई धन्यवाद पनि दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...