Friday, August 28, 2026
spot_img
spot_img

दुई ठूला दल मिल्ने भएपछि शेयरबजारमा उत्साह, ४७ अंकको वृद्धिपछि २१०० को बिन्दुमा नेप्से

spot_img

नेपाल दुई ठूला नेपाली कांग्रेस र नेकपा एमालेले  सहकार्य गर्ने सहमति गरेपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । दुई ठूला दल सम्मिलित सरकार बन्ने र संविधान संशोधन समेत गर्ने सहमति बाहिर आएसँगै आज शेयरबजारमा उत्साह देखिएको हो ।

आज मंगलबार शेयर कारोबार खुल्ना साथ दुई पटकसम्म सर्किट ब्रेक लागेर केहि समयको लागि कारोबार रोकिएको थियो । दोस्रो सर्किट ब्रेक लागेर खुलेको बजारमा भने केहि इन्ट्रा डे करेक्सन सहित पुरै अवधि अर्थात् ३ बजेसम्म नै बजारमा कारोबार भएको छ ।

आजको कारोबारमा शेयर बजार परिसूचक नेप्से ४७.०४ अंकले बढेर २१००.४३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका ३१५ कम्पनीका १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ ९ पैसाको कारोबार भएको छ । जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक १२ करोड ३३ लाख, गुडविल फाइनान्सको ११ करोड १० लाख, युनाइटेड इदी मार्दीको १० करोड ६९ लाख तथा हिमालयन रिइन्स्योरेन्सको १० करोड ९ लाखको कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मूल्य ६.९६ प्रतिशत तथा गुडविल फाइनान्सको शेयर मूल्य ५.७४ प्रतिशत बढेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर मूल;या ५.५१ प्रतिशत बढेको छ ।

आज उपकार लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.४६ प्रतिशत, तथा हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ६.२१ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक ३.३० प्रतिशत, ट्रेडिङ समुह ३.१२ प्रतिशत तथा वाणिज्य बैंक समुह ३.०३ प्रतिशतले बढेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...