Wednesday, April 22, 2026
spot_img
spot_img

Nepal Mobility Expo को स्टल बाँडफाँड, यी हुन् सहभागी हुने ५० अटोमोबाइल्स ब्राण्ड

spot_img
spot_img

Nepal Automobile Importers and Manufacturers Association (NAIMA) ले Nepal Mobility Expo 2025 को स्टल बाँडफाँड गरेको छ । २०८२ साउन २१ देखी २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने  प्रथम संस्करणको Nepal Mobility Expo स्टल बाँडफाँड गरिएको हो ।

नाइमा मोबिलिटी एक्स्पोमा चार पाङ्ग्रे, दुइ पाङ्ग्रे र व्यवसायिक सवारी साधनका स्टल रहने छन् । एक्स्पोमा कुल ५० ब्राण्डले सहभागीता जनाउने आयोजक नाइमाले जनाएको छ । कुल ४८ स्टलमध्ये चार पाङ्ग्रेलाई २१, दुइ पाङ्ग्रेलाई १५ र व्यवसायिक सवारी साधन ब्राण्डलाई ९ वटा स्टल छुट्याइएको छ ।

एक्स्पोबारे नाइमा अध्यक्ष रितुसिंह वैद्य भन्छिन्, ‘नेपालका अटोमोबाइल्स उद्योगका प्रमुख ब्राण्डहरुको सकारात्मक र उत्साहजनक सहभागीताले हामी अत्यन्त हर्षित भएका छौँ, सबै स्टल बुक भइसकेका छन् । अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौँ ।’

NAIMA Nepal Mobility Expo 2025 ले परम्परागत प्रदर्शनीको ढाँचा परिवर्तन गर्ने र एक्स्पोले उपभोक्ता र अटोमोबाइल्स व्यवसायीबीच प्रत्यक्ष साक्षात्कारको अवसर समेत प्रदान गर्ने विश्वास लिइएको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेश सोलुसनले गर्दैछ ।

सहभागी चार पाङ्ग्रे सवारी ब्रान्डहरू : BYD, Citroen, Forthing, Great Wall Motors, Henrey Volts,
Hyundai, Kaiyi, KIA, Leapmotor, LEV 1, Mahindra, Maxus, Mazda, MG, Mitsubishi,
Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota, Volkswagen, Zeekr

सहभागी दुई पाङ्ग्रे सवारी ब्रान्डहरू : Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS,
Ultraviolette, Yadea, Zeeho

सहभागी व्यावसायिक सवारी साधन ब्रान्डहरू : Chery Wanda, Dongfeng, Farizon, Huazi,
Kama, Karry, Kinglong, Sunlong

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img